स्वास्थ्य

बेलायतले नेपाललाई कोभिडविरुद्धको १ लाख ३० हजार डोज खोप उपलब्ध गरायो

इकागज |
भदौ १०, २०७८ बिहीबार १८:३९ बजे

काठमाडौँ- बेलायतले उपलब्ध गराएको कोभिडविरुद्धको अष्ट्राजेनिका एक लाख ३० हजार डोज खोप नेपाल ल्याइएको छ । बिहीबार नेपालस्थित बेलायती दूतावासकी राजदूत निकोला पोलिटले उक्त खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।


चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख  खोप ल्याइएको छ। भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद  गरेको १० लाख खोप आउन बाँकी छ ।

भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।


Author

थप समाचार
x