स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए ७१५ संक्रमित

इकागज |
भदौ ११, २०७८ शुक्रबार १७:५ बजे

काठमाडौँ- उपत्यकामा शुक्रबार सात सय १५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ४५४, ललितपुरमा १६९ र भक्तपुरमा ९२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ४०, संक्रमणमुक्त २ लाख २५ हजार ३७७,मृत्यु २०७६ र कुल संक्रमित २ लाख ३३ हजार ४९३ जना छन् ।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार ४७८, संक्रमणमुक्त २५ हजार ३५३, मृत्यु ४०८ र कुल संक्रमित २७ हजार २३९ र ललितपुरमा सक्रिय संक्रमित २ हजार २६६, संक्रमणमुक्त ४२ हजार ३७४, मृत्यु ६३७ र कुल संक्रमित ४५ हजार २७७ जना छन् ।



Author

थप समाचार
x