सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड संक्रमित थपिए
काठमाडौँ- सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड-१९ संक्रमित थपिएका छ्न् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका र १६ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ३५ हजार ८७४ सक्रिय संक्रमित छन् ।
त्यसैगरी ६५८ आइसीयूमा र १६० जना भेन्टीलेटरमा उपचाररत छन् । होम आइसोलेशनमा ३३ हजार ३३३, संस्थागत आइशोलेसनमा २५४१ र क्वारेन्टीनमा ३३८ जना रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया