स्वास्थ्य

मंगलबार ४७ बालबालिकासहित देशभर १६६४ कोभिड संक्रमित थपिए

इकागज |
भदौ १५, २०७८ मंगलबार १७:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ४७ बालबालिकासहित मंगलबार १६६४ कोभिड-१९ को संक्रमित थपिएका छन् । १२ हजार २२२ जनाको कोभिड परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २० जनाको मृत्यु र १७८६ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार ५९१ जना छन् । आईसीयूमा ५३७ जना र भेन्टीलेटरमा १६४ जना उपचाररत छन् । होम आइसोलेशनमा ३३ हजार २१४,संस्थागत आइसोलेशनमा २३७७ र क्‍वारेन्टीनमा ३२९ जना छन् ।



Author

थप समाचार
x