स्वास्थ्य

लक्षित समूहका ४६% ले कोभिडविरुद्धको खोप लगाए, खोप लगाउनेको संख्या एक करोड नाघ्यो

इकागज |
भदौ १६, २०७८ बुधबार १८:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा लक्षित समूहको ४६ प्रतिशतले मानिसले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिका कोभिडविरुद्धको खोप २ करोड १७ लाख ५६ हजार ७६३ जनामा लगाउने योजना बनाएको छ ।

जसमध्ये कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा गरी कुल एक करोड ९२ हजार १६४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कोभिडको पूर्ण मात्रा खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ जना पुगेको र १५ दशमलव ४ प्रतिशतले लगाएको मन्त्रालयले उल्लेख गरेको छ ।


त्यसैगरी पहिलो मात्रा १७ दशमलव ९ प्रतिशत र  ५४ लाख २४ हजार ८३६ जनाले लगाएका छन् । हालसम्म नेपालमा तीन कम्पनीको खोप लगाइएको छ । भारतबाट उत्पादित कोभिसिल्ड खोप, चीनबाट भेरोसेल खोप र अमेरिकमा निर्मित खोप जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन र  रसियन कम्पनी 'स्पुतनिक फाइभ 'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् । 

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड नाघिसकेको छ । विभिन्‍न पेशामा रहेका र फ्रन्टलाइनरका रुपमा काम गर्नेसहित ४० वर्षदेखिका मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् ।

हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप आयात भइसकेको छ । चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख २१ लाख खोप आयात गरिएको हो ।  भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

 

 


Author

थप समाचार
x