स्वास्थ्य

शुक्रबार देशभर ४५ बालबालिकासहित १७५६ कोभिड संक्रमित थपिए

इकागज |
भदौ १८, २०७८ शुक्रबार १६:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ४५ बालबालिकासहित शुक्रबार १७५६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा दुई हजार २७४ जना संक्रमणमुक्त भएका र २३ जनाको मृत्यु भएको छ । देशमा हालसम्म १० हजार ८०९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३३ हजार ६ जना छन् ।  आईसीयूमा ५४० र भेन्टीलेटरमा १५६ उपचाररत छन् ।  होम आइसोलेसनमा ३० हजार ६६२, संस्थागत आईसोलेशनमा २ हजार ३४४ र क्‍वारेन्टीनमा २७४ जना छन् ।


यो समाचार तयार पार्दा हालसम्म देशभर १८ हजार २५० बालबालिका संक्रमित छन् । बालक १० हजार ५९७ र बालिका ७ हजार ६५३ जना छन् ।


Author

थप समाचार
x