स्वास्थ्य

सेती अस्पतालमा अक्सिजन प्लान्ट

इकागज |
भदौ २०, २०७८ आइतबार १५:१० बजे

फाइल फोटो

कैलाली - सेती प्रादेशिक अस्पताल धनगढीमा अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ । अक्सिजन भण्डारणका लागि लिक्वीड प्लान्ट जडान सुरु गरेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक पर्ने बिरामीका लागि सहज हुने बताए । 


सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले जडान कार्य छिट्टै सम्पन्न हुने बताउदै संघीय सरकारको आपूर्ति महाशाखाको  सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु भएको बताए । 


 


Author

थप समाचार
x