काठमाडौँ उपत्यकामा थपिए ४५३ कोभिड संक्रमित
फाइल तस्बिर
काठमाडौँ - आइतबार काठमाडौँ उपत्यकामा ४५३ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा २८८, भक्तपुर ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ४१९८, संक्रमणमुक्त २ लाख ३१ हजार ११, मृत्यु २१०० र कुल संक्रमित २ लाख ३७ हजार ३०९ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३१६, संक्रमणमुक्त २६ हजार १७२, मृत्यु ४२१ र कुल संक्रमित २७ हजार ९०९ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २०७५, संक्रमणमुक्त ४३ हजार ५८५, मृत्यु ६४६ र कुल संक्रमित ४६ हजार ३०६ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया