स्वास्थ्य

नेपालमा थप १८९७ कोभिड संक्रमित थपिँदा २० जनाको मृत्यु

इकागज |
भदौ २१, २०७८ सोमबार १७:४ बजे

काठमाडौँ - नेपालमा सोमबार थप १ हजार ८ सय ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ९ पीसीआर परीक्षणका क्रममा १ हजार ४ सय ८८ र ४ हजार ३ सय ७० एन्टीजेन परीक्षणका क्रममा ४०९ जनामा कोभिड कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण १० हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ४३ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २८ हजार ९ सय २८ संक्रमित निको भएका छन् ।


हाल नेपालमा ३० हजार ९ सय ७३ संक्रमित आइशोलेशन र २ सय ६० संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६९ हजार ७ सय २१ पीसीआर र ४ लाख ९२ हजार १ सय १४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।   


Author

थप समाचार
x