काठमाडौँ महानगरले भन्योः कोभिडविरुद्धको खोप लगाउन अनलाइन फारम भर्नू
फाइल तस्बिर
काठमाडौँ- कोभिडविरुद्धको पहिलो खोप लगाउन अबदेखि अनिवार्य विद्युतीय अग्रिम दर्ता (प्रि रजिष्ट्रेसन) गर्नुपर्ने भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी कोभिडविरुद्धको खोप लगाउनलाई विद्युतीय दर्ता अनिवार्य रहेको प्रस्ट पारेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँको निर्देशनअनुसार विद्युतीय दर्तालाई अनिवार्य गर्न लागेको महानगरले जनाएको छ । पहिलो खोप लगाएकाहरूको विद्युतीय दर्ता गर्ने व्यवस्था भइरहेको छ । 'आगामी खोप अभियानमा खोप लगाउन आउने आउने सम्पूर्ण व्यक्तिहरूले प्रि रजिष्ट्रेसन गर्नुपर्नेछ,' सूचना लेखिएको छ ।
खाेपका लागि vaccine.mohp.gov.np मा गइ अनलाइन फारम भर्न सकिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया