सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमितको मृत्यु
फाइल तस्बिर
कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालीका– १६ का ६० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
भेन्टीलेटरमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै मंगलबार थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ११६ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया