स्वास्थ्य

आँखाकाे ज्योती गुम्‍ने सापु रोग के हो ? सेतो पुतलीबाट बच्‍न प्रशासनको आग्रह

इकागज |
भदौ २५, २०७८ शुक्रबार १८:५५ बजे

काठमाडौँ -  पुतलीबाट लाग्‍ने 'सापु' रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । शुक्रबार गुल्मी प्रशासनले पहाडी भेगका विभिन्‍न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो 'सापु' रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई सचेत रहन सूचना जारी गरेको छ ।

सेतो पुतलीको प्रकोपबाट आँखामा गम्भीर रोगहरू फैलने सूचनामा उल्लेख छ । 'पूर्ण रुपमा आँखाको ज्योति गुम्नेसमेत खतरा हुन सक्छ, यस्ता खालका पुतलीबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन आवश्यक सतर्कता अपनाउनुहुन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध छ,' सूचनामा भनिएको छ ।  


सापु कस्तो रोग हो ?

यो रोग  आँखामा लाग्ने एक किसिमको रोग हो जसले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौं । अचानक आँखामा लाग्ने यो रोगले छोटो समयमा ज्योति नै गुम्न सक्दछ ।

उज्यालो हेर्न गाह्रो हुन्छ, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अवधिमै आँखाको ज्योति कम हुन्छ । ज्योति गुम्ने अवस्था पनि आउन सक्छ । यो सँधै देखिने रोग होइन ।

कहिलेकाहीँ देखिने रोग हो, तर एकदमै खतरनाक हुन्छ । यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पीप भरिन्छ । समयमै उपचार गराउन सकेमा आँखाको शल्यक्रिया गरेर गर्न सकिन्छ ।

लक्षणहरू

आँखामा चिप्रा नलागेमा उज्यालोमा हेर्न गाह्रो भए आँखाको कालो भागका बीचमा सेतो देखिएमा छोटो समयमै आँखाको ज्योति कम हुँदै जानु ।

सुरक्षित हुने उपायहरू

सेतो पुतलीबाट बालबालिकालाई जोगाउने, पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने, सिएफएल चिमको प्रयोग सकेसम्म नगर्ने, झुल हालेर सुत्‍नुपर्छ ।

 


Author

थप समाचार
x