स्वास्थ्य

के हो निपाह भाइरस, मानिसमा कसरी सर्छ ?

इकागज |
भदौ २५, २०७८ शुक्रबार १९:३४ बजे

प्रतिकात्मक तस्बिर

काठमाडाै‌ँ - निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्‍ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।

निपाह भाइरस कसरी सर्छ ?


संक्रमित चमेरोबाट सुँगुर, गाई गोरुजस्ता जनावर हुँदै मानिसमा सर्छ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा । संक्रमित व्यक्तिमो रगत दिसा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा ।

निपाह भाइरसका लक्षणहरू

ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्‍ने, मांसपेशी दुख्‍ने, वाकवाकी लाग्ने, स्वाशप्रस्वाशमा कठिनाइ हुने र टन्सिलाइटिस हुने ।

रोकथाम कसरी गर्ने ?

फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने,गाईवस्तुको गोठ र फार्म सफा राख्‍ने, मासु काटदा, पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने र भिडभाडमा जाँदा मास्क लगाउने ।


Author

थप समाचार
x