स्वास्थ्य

'वीपी प्रतिष्‍ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक भएको प्रमाण फेला परेन'

इकागज |
भदौ २७, २०७८ आइतवार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको जनाएको छ । उपकुलपति प्राध्यापक भएको कुनै पनि प्रमाण फेला नपरेको र प्रचलित कानुनबमोजिम कारबाही समेत हुने  मन्त्रालयले जनाएको छ । 

प्रतिष्‍ठानका उपकुलपति प्राध्यापक नभएको भन्दै प्रतिष्‍ठानमा आन्दोलरत स्वास्थ्यकर्मीले उपकुलपति गिरी प्रमाणपत्र छानबिन गर्न समेत माग गरेका थिए । गिरीले आफूलाई प्राध्यापक भएको बताउँदै आएका छन् ।


प्रतिष्‍ठानमा आन्दोनलरत चिकित्सकले आइतबार आन्दोलन गरेको ९० दिन पुगिसकेको छ । गत आइतबारदेखि प्रतिष्‍ठानका अतिआवश्यकदेखि बाहेकका अन्य सेवा चिकित्सकले बन्द गरेका छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई आन्दोलन स्थगित गरी सेवा सुचारु गर्न पनि आग्रह गरिसकेको  छ ।

यस अघि प्रतिष्‍ठानमा कार्य रजिष्‍ट्रार डा. मोहनचन्द्र रेग्मीको राजीनमा समेत स्वीकृत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रतिष्‍ठानमा अख्तियारले भ्रष्‍ट्राचारको छानबिन गर्न सबै कागजात लिइसकेको र त्यसको पनि छानबिन भइरहेको छ ।


Author

थप समाचार
x