स्वास्थ्य

प्रदेश १ मा आइतबार २३७ जनामा कोभिड पुष्टि

इकागज |
भदौ २७, २०७८ आइतबार १७:४४ बजे

विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ७७३ जनाको पीसीआर परीक्षणगर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण हुँदा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको जनाइएको छ ।


मोरङको विराटनगरमा ४८, सुन्दरहरैंचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१, झापाको विर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३–३, गौरादह, बाह्रदशी र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सुनसरीको इटहरीमा २७, बराहक्षेत्रमा २, बर्जु, रामधुनी र गढीमा १–१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १–१, धनकुटाको चौवीसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आइतबार ३०४ जना कोभिड संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १४३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट २ महिला र ३ पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x