स्वास्थ्य

धनगढी उपमहानगरपालिकामा कोभिड खोप लगाउन अनलाइन दर्ता अनिवार्य

इकागज |
भदौ २९, २०७८ मंगलबार १४:११ बजे

कैलाली - आफ्ना नागरिकहरुलाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लगाउने अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाले खोप लगाउन अनलाइन दर्ता अनिवार्य गरेको छ । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले धनगढी उपमहानगरपालिकाभित्रका करिब डेढ लाखमध्ये खोप लाउने उमेर समूहका एकलाख जनसंख्यालाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए । 

उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समूहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे । उपमहानगरपालिकाले vaccine.mohp.gov.np मा गएर त्यहाँ दिएको  निर्देशन अनुसार अनलाइन दर्ता गर्न सकिने जनाएको छ । 



Author

थप समाचार
x