स्वास्थ्य

भेरी अस्पतालका चिकित्सकद्वारा पहिलोपटक मल्टीलिगामेन्टको सफल शल्यक्रिया

इकागज |
भदौ २९, २०७८ मंगलबार १६:५ बजे

तस्बिरः भेरी अस्पतालको डा. प्रकाश थापाको फेसुबकबाट

काठमाडौँ -  मोफसलका अस्पतालकाे चिकित्सकले पहिलोपटक 'मल्टीलिगामेन्ट' को सफल शल्यक्रिया गरका छन् । भेरी अस्पतालको चिकित्सकले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको  सफल अपरेसन गरेका हुन् । दुई महिना अघि उनको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो ।

यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले गर्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले इकागजलाई जानकारी दिए । उनकाअनुसार अस्पतालको चिकित्सकको सहभागीमतामा पहिलोपटक सफल शल्यक्रिया भएको हो ।


वरिष्‍ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोली शल्यक्रिया गरेको थियो । उनीसहित चार जनाको टोलीले शल्यक्रिया गरेको हो । एसील, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको हो ।

पहाडी भेगको बाटोमा हिड्दा महिलाको घुँडामा रहेको तीन वटा नशामा असर परेको थियो । हिड्दा-हिड्दै खुट्टा बटारिने समस्याले महिलालाई सताएको थियो । धेरै लिगामेन्टमा असर पर्दा हिडन अप्ठयारो हुने गर्ने शल्यक्रियामा सहभागी डा. खड्काले बताए । उनकाअनुसार शल्यक्रिया नगर्दा बिरामीलाई धेरै अप्‍ठयारो हुने गर्छ ।

'मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि सहजै हिंडडुल गर्न सक्नेछिन,' उनले भने,' शल्यक्रिया नगरेको भए उनलाई बारम्बार खुट्टा दुख्‍ने र घुँडा पनि काट्नुपर्ने अवस्था आउन सक्थ्यो ।' अस्पतालमा यस्तो प्रकारको शल्यक्रिया थोरै मात्र हुने गरेको छ । दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको खड्काले जानकारी दिए ।

अस्पतालमा थापाको शल्यक्रिया खर्च मात्र १० हजार भएको डा. खडकाले बताए । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ । विरामीको आर्थिक अवस्थालाई पनि ध्यानमा शुल्क छुट गरिएको उनले बताए । विभिन्‍न औषधि तथा अन्य सामग्री गरी बिरामीको करिब १ लाख रुपैयाँ खर्च भएको उनले बताए ।


Author

थप समाचार
x