स्वास्थ्य

मंगलबार काठमाडौँ उपत्यकामा थपिए ४०४ संक्रमित

इकागज |
भदौ २९, २०७८ मंगलबार १७:९ बजे

फाइल तस्बिर

काठमाडौँ - मंगलबार काठमाडौँ उपत्यकामा ४०४ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ३३४०, संक्रमणमुक्त २ लाख ३४ हजार ५७५ छन् । कुल संक्रमित २ लाख ४० हजार ३८ जना छन् । यस्‍तै २ हजार १२३ जनाको मृत्‍यु भइसकेको  छ । भक्तपुरमा सक्रिय संक्रमित १०७८, संक्रमणमुक्त २६ हजार ९३४, कुल संक्रमित २८ हजार ४३६ र मृत्यु ४२४ जनाको भइसकेको छ ।


त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित १८३५, संक्रमणमुक्त ४४ हजार ५३७, कुल संक्रमित ४७ हजार २७ र मृत्यु ६५४ जनाको भइसकेको छ ।


Author

थप समाचार
x