स्वास्थ्य

बुधबार काठमाडौँ उपत्यकामा थपिए ४०४ संक्रमित

इकागज |
भदौ ३०, २०७८ बुधबार १७:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - बुधबार काठमाडौँ उपत्यकामा ४०४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित ३५११, संक्रमणमुक्त २ लाख ३४ हजार ७६४, मृत्यु २१२३ र कुल संक्रमित २ लाख ४० हजार ३९८ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०७५, संक्रमणमुक्त २७ हजार, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ४९९ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १८१७, संक्रमणमुक्त ४४ हजार ६२६, मृत्यु ६५५ र कुल संक्रमित ४७ हजार ९८ जना छन् ।


Author

थप समाचार
x