स्वास्थ्य

बिहीबार काठमाडौँ उपत्यकामा थपिए ४३० संक्रमित

इकागज |
भदौ ३१, २०७८ बिहीबार १७:४४ बजे

फाइल तस्बिर

काठमाडौँ - बिहीबार काठमाडौँ उपत्यकामा ४३० जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २९३, ललितपुरमा ९८ र भक्तपुरमा ३९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित ३५९०, संक्रमणमुक्त २ लाख ३४ हजार ९७६, मृत्यु २१२५ र कुल संक्रमित २ लाख ४० हजार ६९१ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०५८, संक्रमणमुक्त २७ हजार ५६, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ५३८ जना छन् ।


ललितपुरमा सक्रिय संक्रमित १८२२, संक्रमणमुक्त ४४ हजार ७१६, मृत्यु ६५८ र कुल संक्रमित ४७ हजार १९६ जना छन् ।


Author

थप समाचार
x