स्वास्थ्य

शुक्रबार थपिए १५५८ संक्रमित, ३१ बालबालिका पनि

इकागज |
असोज १, २०७८ शुक्रबार १६:२४ बजे

फाइल तस्बिर

काठमाडौँ - शुक्रबार देशभर ३१ बालबालिकासहित १५५८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३८५ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा १३५१ संक्रमित कोभिड संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी १० जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार १२ जनाको काेभिडले मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २५ हजार ४९७ कोभिड संक्रमित छन् ।


आईसीयूमा ३८६ र भेन्टीलेटरमा ११७ जना उपचाररत छन् । होम आइसोलेशनमा २३ हजार ९५०, संस्थागत आइसोलेशनमा १५४७ र क्वारेन्टीनमा २३६ जना छन् ।

 


Author

थप समाचार
x