स्वास्थ्य

सरकारले खरिद गरी ९४ लाख खोप भित्र्यायो

डेढ करोड बढी खोप भित्रियो, पूर्ण मात्रा १८ प्रतिशतले लगाए

इकागज |
असोज १, २०७८ शुक्रबार १९:४८ बजे

काठमाडौँ- नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको करिब नौ महिना हुन लागेको छ । माघको दोस्रो सातादेखि भारतले अनुदानस्वरुप उपलब्ध गराएको कोभिसिल्ड १० लाख खोप पहिलोपटक लगाइएको थियो । नेपाल दक्षिण एसियामा खोप अभियान शुरु गर्ने दोस्रो मुलुक हो । 

खोप खरिद गरेर ९४ लाख खोप भित्र्याएको छ । भारतसँग १० लाख र चीनबाट ८४ लाख खोप खरिद ल्याएको हो । भारतसँग खरिद गरेको १० लाख खोप आउन बाँकी छ ।


९४ लाख खोप खरिद गरेको र कोभ्याक्स कार्यक्रम अन्तर्गत अनुदानमा छवटा मुलुकले ६३ लाख ९४ हजार कोभिडविरुद्धको खोप उपलब्ध गराएको हो । हालसम्म नेपालमा १ करोड ५७ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । शुक्रबार मात्र नेपाल वायुसेवा निगमको जहाजबाट चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइएको हो ।

चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

पूर्ण मात्रा खोप लगाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । जोनसन एण्ड जोनसन १४ लाख १५०, भेरोसेल २६ लाख ५५ हजार १५६ र कोभिसिल्ड १४ लाख ५२ हजार ७४ जनाले खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोअनुसार कोभिडविरुद्धको पहिलो र दोस्रो खोप गरी १ करोड १५ लाख ९० हजार ५०४ जनाले खोप लगाइसकेका छन् । असोजसम्मम सरकारले ३३ प्रतिशत जनतालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । पूर्ण मात्रा खोप १८ दशमलव ५६ प्रतिशत र पहिलो मात्रा २० दशमलव ५ प्रतिशतले लगाइसकेका छन् ।

सरकारले अनुदानबाट एक लाख ६ हजार फाइजरको खोप ल्याउन लागेको छ । करिब दुई महिना भित्रमा अनुदानको खोप भित्र्याउने तयारी गरिरहेको छ ।

बालबालिकालाई लगाउन ६० लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । खोप महाशाखा र आपूर्ति व्यवस्थापन महाशाखाले फाइजर खोपलाई कसरी व्यवस्थापन गर्ने त्यसमा ध्यान थालिसकेको छ ।

नेपालमा कोभिड-१९ को संक्रमित देखिएको भने दुई वर्ष पुग्‍न लागेको छ ।  पहिलो कोभिड संक्रमति चीनबाट अध्ययन गरी आएका विद्यार्थीलाई २०७६ माघ १० गते कोभिड पुष्टि भएको थियो । जुनबेला उनलाई कोरोना पुष्‍टि भएको थियो त्यो समयमा अस्पतालबाट निको भइ घर पुगिसकेका थिए । 

पहिलो कोभिड-१९ संक्रमित महिलाको भएको एक वर्ष भइसकेको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय  सुत्केरी महिलाको २०७७ जेठ १ गते मृत्यु भएको थियो । महामारी शुरुवातमा नियन्त्रणबाहिर भएपनि खोपको विकाससँगै यो मानिसको नियन्त्रणमा आएको छ । यद्यपि हालसम्म मुलुकमा कोभिडकै कारण-११ हजार बढीले ज्यान गुमाइसकेका छन् । 


Author

थप समाचार
x