स्वास्थ्य

शनिबार थपिए ३७ बालबालिकासहित १०६६ कोभिड संक्रमित

इकागज |
असोज २, २०७८ शनिबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- शनिबार देशभर ३७ बालबालिकासहित १०६६ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३८५ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा १२३४ संक्रमित कोभिड संक्रमणबाट मुक्त भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८०० जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी १६ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार २८ जनाको कोभिडले मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २५ हजार ८२ कोभिड संक्रमित छन् ।


आईसीयूमा ३८९ र भेन्टीलेटरमा १२१ जना उपचाररत छन् । होम आइसोलेशनमा २३ हजार ६३६, संस्थागत आइसोलेशनमा १४४६ र क्वारेन्टीनमा २४६ जना छन् ।


Author

थप समाचार
x