स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए २५६ संक्रमित

इकागज |
असोज २, २०७८ शनिबार १८:१८ बजे

फाइल तस्बिर

काठमाडौँ - शनिबार काठमाडौँ उपत्यकामा २५६ कोभिड संक्रमित थपिएका छन् । ‍ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा ५३ र ललितपुरमा शुन्य संक्रमित रहेको छ । काठमाडौँमा सक्रिय संक्रमित ३५६१, संक्रमणमुक्त २ लाख ३५ हजार ५२०, मृत्यु २१२७ र कुल संक्रमित २ लाख ४१ हजार २०८ जना छन् ।

भक्तपुरमा सक्रिय संक्रमित १०२५, संक्रमणमुक्त २७ हजार १५५, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ६०४ जना छन् । त्यसैगरी ललितपुरमा १७६९, संक्रमणमुक्त ४४ हजार ८३८ ,मृत्यु ६५९ र कुल संक्रमित ४७ हजार २६६ जना छन् ।



Author

थप समाचार
x