स्वास्थ्य

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा

इकागज |
असोज ४, २०७८ सोमबार ७:२४ बजे

काठमाडौं - आज (सोमबार)देखि निरन्तर ११ दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने स्‍वास्‍थ्य तथा जनसंख्‍या मन्‍त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए । 

उनकाअनुसार आजदेखि ११ दिनसम्म कोभिडविरूद्ध भेरोसेल खोप लगाइने छ । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने उनले बताए । 


मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्। सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ।

साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोभिडविरूद्ध खोप दिने सरकारको तयारी छ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने असोजदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाडौँमा भने दोस्रो मात्रा लगाइने छ ।
 


Author

थप समाचार
x