स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
असोज ४, २०७८ सोमवार १३:२५ बजे

कैलाली - धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । सुर्मा गाउँपालिका–४ का बझाङका ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जनामा कोभिड-१९ देखिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अस्पतालमा ९ जना कोभिड-१९ संक्रमित उपचाररत रहेको बताउँदै सूचना अधिकारी श्रेष्ठले ४ जनाको आइसीयुमा, २ जनाको भेन्टिलेटरमा र अन्यको कोभिड वार्डमा उपचार भइरहेको बताए ।



Author

थप समाचार
x