स्वास्थ्य

उपत्यकामा ३९६ कोभिड संक्रमित थपिए

इकागज |
असोज ४, २०७८ सोमबार १६:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ३९६ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २९८, ललितपुरमा ३५ र भक्तपुरमा ६३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित ३१३२, संक्रमणमुक्त २ लाख ३६ हजार ४४२, मृत्यु २१४२ र कुल संक्रमित २ लाख ४१ हजार ६९३ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ९७०, संक्रमणमुक्त २७ हजार ३०५,मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ६९९ जना छन् । ललितपुरमा सक्रिय संक्रमित १४४०, संक्रमणमुक्त ४५ हजार २२३, मृत्यु ६६० र कुल संक्रमित ४७ हजार ३२३ जना छन् ।



Author

थप समाचार
x