स्वास्थ्य

खोप केन्द्रमा हरायो सामाजिक दूरी

'खोप लगाउने भए पहेलो धर्काभन्दा बाहिर उभिनुहोस'

अतिन आचार्य |
असोज ५, २०७८ मगलवार २२:२७ बजे

काठमाडौँ- 'खोप लगाउनेहरूले पहेलो धर्का भन्दा बाहिर उभिनुहोला' मंगलबार काठमाडौँ महानगरपालिकाले कोभिड-१९ विरुद्धको खोप लगाउन आयोजना गरिएको कार्यक्रममा बानेश्‍वरको देउराली क्लब अगाडि प्रहरीले मायकबाट निकालेको आवाज हो । खोप लगाउन बाटोमा उनीहरू लाइन लागेका थिए ।

बानेश्‍वरको प्रतिनिधि सभा भवन पछाडि र भिमसेन माबि अगाडि खोप लगाउनेको लाइन थियो । मध्यान्हको घाम र घडीले १ बजेको संकेत गर्दै थियो । सबैको अनुहारमा हतारो देखिन्थ्यो । लाइनमा एकले अर्कोलाई छुइरहेका थिए ।


सबलाई खोप लगाउनु थियो तर, त्यहाँ कसैलाई पनि सामाजिक दूरी कायम गर्नु थिएन । किनभने खोप लगाएमा कोभिडबाट सुरक्षित भइन्छ भन्ने आत्मविश्‍वास भएर पनि हो ।

लाइनमा उभिनुहोस, लाइन मिचेर कसैलाई छिर्न नदिनुहोस भनी मायकमा प्रहरीले भनिरहेका थिए । खोप थोरै आएको छ र बिचमा कसैलाई छिर्न नदिनुहोला भन्दै उनले निर्देशन दिइरहेका थिए ।

कोभिडको जोखिम रहदा कसैले पनि सामाजिक दूरी कायम गरेका थिएनन् । सामाजिक दूरी कायम गर्नूभन्दा पनि कोभिड सुरक्षाको मापदण्ड उल्लंघन गरी खोप लगाउने काम भइरहेको थियो ।

महानगरमा कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन थालिएको छ । ३२ वडामा खोप कार्यक्रम सञ्‍चालन भइरहेको छ । महानगरले १८ वर्षदेखिको माथिका र यसअघि खोप लगाउन छुटेका मानिसहरूले खोप लगाइरहेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x