स्वास्थ्य

बुधबार थपिए १४७८ संक्रमित

इकागज |
असोज ६, २०७८ बुधबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- बुधबार देशभर १४७८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ९३० जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । ६ जनाको मृत्यु भएकाे छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भइसकेको मनत्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमित २१ हजार १३९ जना छन् ।


आईसीयूमा ३३४ र भेन्टीलेटरमा ११९ जना उपचाररत छन् । होम आइशोलेसनमा १९ हजार ८०५, संस्थागत आइसोलेशनमा १३३४ र क्‍वारेन्टीनमा २४३ जना छन् ।


Author

थप समाचार
x