स्वास्थ्य

उपत्यकामा थपिए ५६४ संक्रमित

इकागज |
असोज ६, २०७८ बुधबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा ५६४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित २९२९, संक्रमणमुक्त २ लाख ३७ हजार २४८, मृत्यु २१३२ र कुल संक्रमित २ लाख ४२ हजार ३०९ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ९२७, संक्रमणमुक्त २७ हजार ४४९, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ८०० जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १३७०, संक्रमणमुक्त ४५ हजार ५४२, मृत्यु ६६० र कुल संक्रमित ४७ हजार ५७२ जना छन् ।

 


Author

थप समाचार
x