स्वास्थ्य

बिहीबार थपिए १२३९ कोभिड संक्रमित

सक्रिय संक्रमितकाे संख्या २० हजार नाघ्याे

इकागज |
असोज ७, २०७८ बिहीबार १६:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- बिहीबार देशभर १२३९ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २४३ जनाको कोभिड परीक्षण गरिएको थियो ।  ११ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षण गर्दा  ९४१ मा र ३६१४ एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा २४१ जनामा कोभिड देखिएको छ ।

२४ घण्टामा देशभरबाट १३२४ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म देशभरबाट ७ लाख ५६ हजार ९५४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १३ जनाको मृत्यु र हालसम्म देशभरबाट ११ हजार ७२ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २० हजार ७४३ जना छन् । 


आईसीयूमा ३४० र भेन्टीलेटरमा १११ जना उपचाररत छन् । होम आइसोलेशनमा १९ हजार ४३७, संस्थागत आइसोलेशनमा १३०६ जना र क्‍वारेन्टाइनमा २४६ जना छन् ।

 

 


Author

थप समाचार
x