स्वास्थ्य

उपत्यकामा थपिए ४०२ संक्रमित

इकागज |
असोज ७, २०७८ बिहीबार १८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - उपत्यकामा बिहीबार ४०२ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २४५, ललितपुरमा १०७ र भक्तपुरमा ५० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित २८२९, संक्रमणमुक्त २, ३७, ५९१, मृत्यु २१३४ र कुल संक्रमित २ लाख ४२ हजार ५५४ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ९१२, संक्रमणमुक्त २७ हजार ५१५ , मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ८५२ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १३७४, संक्रमणमुक्त ४५ हजार ६४३, मृत्यु ६६२ र कुल संक्रमित ४७ हजार ६७९ जना छन् ।


Author

थप समाचार
x