स्वास्थ्य

शुक्रबार देशभर १४७६ संक्रमित थपिए

इकागज |
असोज ८, २०७८ शुक्रबार १६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- शुक्रबार देशभर १४७६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० जनाको कोभिड परीक्षण गरिएको थियो । १० हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ र ५११५ जनाको एन्टीजेन्ट परीक्षण गर्दा ३७३ जनामा कोभिड देखिएको हाे।

२४ घण्टामा १५५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै काेभिडले ९ जनाको मृत्यु छ । हालसम्म काेभिडले ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २० हजार २८७ जना छन् ।


आईसीयूमा ३४७ र भेन्टीलेटरमा १०५ जना उपचाररत छन् । होम आइसोलेशनमा १८ हजार ९६९ संक्रमित, संस्थागत आइसोलेशनमा १३१८ र क्‍वारेन्टाइनमा २४४ जना छन् ।  


Author

थप समाचार
x