स्वास्थ्य

सुर्खेतमा एक लाख बढीले लगाए कोभिड खोप

इकागज |
असोज १०, २०७८ आइतबार १७:३ बजे

सुर्खेत - सुर्खेतमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या एक लाख बढी नाघेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार एक लाख एक हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार एक लाख एक हजार एक सय ५९ लाई पहिलो मात्रामा र ७७ हजार आठ सय १३ लाई दोस्रो मात्रामा खोप लगाएको छ । 

जनस्वास्थ्य कार्यालयल सुर्खेतका प्रमुख चेतननीधि वाग्लेका अनुसार लक्षित वर्गका नागरिकमध्ये सुर्खेतमा २४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने १९ प्रतिशतले दोश्रो मात्रा पनि लगाइसकेको छन् । जिल्लाका ९९ वटै वडामा गएर खोप लगाउने कार्यक्रम रहेको वाग्लेले जानकारी दिए । ‘कोभिड विरुद्धको खोप लगाउने कार्य आजदेखि  आगामी असोज १४ गतेसम्म रहनेछ’ उनले भने, ‘सुर्खेतका ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य रहेको छ ।’


‘करिब ३५ हजार जनालाई ४५ वर्ष माथि र यसअघि प्राथमिकतामा परेका १८ वर्ष माथिका तोकिएका लक्षित वर्गकालाई खोप लगाउने योजना रहेको जनस्वास्थ्य प्रमुख वाग्लेले बताए । खोप लगाउन नचाहने, खोप लगाउन आनाकानी गर्नेको संख्या पनि धेरै भएको गुनासो आएको र यसलाई जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने उनले बताए । वाग्लेले सबैभन्दा बढी कोरोना विरुद्धको खोप वीरेन्द्रनगर नगरपालिकाका नगरिकले लगाएको उनले जानकारी दिए ।  
 


Author

थप समाचार
x