स्वास्थ्य

काठमाडौँ महानगरमा सोमबारदेखि १८ वर्षमाथिकालाई अष्‍ट्राजेनिका खोप

इकागज |
असोज १०, २०७८ आइतबार १८:४५ बजे

फाइल तस्बिर

काठमाडौँसोमबारदेखि काठमाडौँ महानगरपालिकाले १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराउने भएको छ । महानगरपालिकाको ३२ वडाको खोप केन्द्रबाट अष्‍ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको छ । खोप केन्द्रमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने भएको छ ।

जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौँ र प्रदेश स्वास्थ्य कार्यालय काठमाडौँ आइतबारको निर्णयको आधारमा खोप उपलब्ध गराउने भएको हो । खोप लगाउन जाँदा परिचयपत्र खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर लिएर नजिकको खोप केन्द्रमा जानुपर्नेछ ।


यसअघि महानगरपालिकाले भोलिदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाउने भनेर सूचना सार्वजनिक गरेको थियो । स्वास्थ्य कार्यालय काठमाडौँले अष्‍ट्राजेनिका खोप उपलब्ध गराएकाले महानगरबासीलाई उक्त खोप वितरण गर्न लागेको महानगरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले काठमाडौँले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा महानगरलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएकोप्रति महानगरले आपत्तिसमेत जनाएको छ । महानगरले अष्‍ट्राजेनिकाको खोप वितरण गर्ने सूचना निकाल्दा असहज अवस्था आएको महानगरबासीले गुनासो गरेको पनि जनाएको छ । यस विषयमा स्वास्थ्य कार्यालयलाई महानगरले स्पष्‍टीकरण लिइसकेको छ ।


Author

थप समाचार
x