स्वास्थ्य

सोमबार देशभर थपिए १२८२ संक्रमित

इकागज |
असोज ११, २०७८ सोमबार १६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सोमबार देशभर १२८२ कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १५ हजार ४८८ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट ९७५ र एन्टीजेन्ट परीक्षणबाट ३०७ जनामा कोभिड पुष्‍टि भएको थियो ।

संक्रमणमुक्त १२६२ र हालसम्म देशभरबाट ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भइसकेका छन् । ७ जनाको मृत्यु र  हालसम्म देशभरमा कुल ११ हजार १०३ जनाको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित १८ हजार ८४८ जना छन् । आईसीयूमा ३८५ र भेन्टीलेटरमा १२५ जना उपचाररत छन् । होम आईसोलेशनमा १७ हजार ५३५, संस्थागत आईसोलेशनमा १३१३ र क्वारेन्टाइनमा २५६ जना छन् ।


Author

थप समाचार
x