स्वास्थ्य

औषधि विभागले दुई उत्पादकका औषधि बिक्रीमा रोक लगायो

इकागज |
असोज १३, २०७८ बुधबार १४:१८ बजे

काठमाडौँ - औषधि व्यवस्था विभागले न्यून गुणस्तरको भन्दै दुई उत्पादकका औषधि बिक्री वितरणमा रोक लगाएको छ । भक्तपुरको क्यूमेड फर्मुलेसन प्राली र काठमाडौँको लोमस फर्मास्युटिकल्सबाट उत्पादित औषधिमा रोक लगाएको हो ।

बजार अनुगमनमा पुगेको विभागको अनुगमन टोलीले त्यस्तो औषधि बिक्री भइरहेको फेला पारेको हो । क्यूमेडको लेभोसेफ-५०० एमजी र लोमसको जीफिक्स-१०० एमजी औषधिमा रोक लगाएको विभागले जानकारी दिएको छ । विभागले उत्पादकहरूलाई बजारबाट ती औषधि फिर्ता गर्न समेत निर्देशन लिएको छ । 



Author

थप समाचार
x