स्वास्थ्य

नेपालमा कोभिड संक्रमण : सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका

इकागज |
असोज १३, २०७८ बुधबार १८:२२ बजे

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण हालसम्म देशभर ६० देखि ६९ वर्ष उमेर समूहका संक्रमितको सबैभन्दा बढी मृत्यु भएको छ । उक्त उमेर समूहका २ हजार ३३९ संक्रमितको मृत्यु भएको हो ।

हालसम्म देशभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सम्ममा ११ हजार १२३ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा कम ९ वर्ष उमेर समूहका सम्मका ४८ जनाको मृत्यु भएको छ ।


७० देखि ७९ वर्ष उमेर समूहका २१९०, वर्ष ५० देखि ५९ वर्ष समूहका २१७० संक्रमितको मृत्यु भएको छ । ८० वर्ष माथिका १४७१ संक्रमितहरूको मृत्यु भइसकेको छ । ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका १५८० संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी, ३० देखि ३९ वर्षसम्म उमेर समूहका ९०९, २० देखि २९ वर्ष उमेर समूहका ३५०, वर्ष १० देखि १९ वर्षसम्मका ५४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो समय मुलकमा कोभिड संक्रमित संख्या घटदै गएको छ । सेप्टेम्बर महिनामा संक्रमित दर १३ प्रतिशत रहेको थियो तर, अगष्ट लागेसँगै ८ प्रतिशतमा झरेको छ । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ७ लाख ९४ हजार १६३ कोभिड संक्रमित छन् ।

सबैभन्दा बढी संक्रमित रहेको उमेर समूह ३१ देखि ४० वर्षसम्मका रहेका छन् । उक्त उमेर समूहमा कुल १ लाख ९४ हजार ३२६ संक्रमित छन् । कोभिडको पहिलो लहरमा ज्येष्‍ठ नागरिहरू कोभिडबाट प्रभावित भएका थिए ।

दोस्रो लहरमा युवा उमेर समूहका मानिसहरू यसबाट प्रभावित भएका छन् । १ लाख ९१ हजार ५१३ संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन् । ४१ देखि ५० वर्ष समूहका १ लाख ३५ हजार ८४९ संक्रमित छन् ।

त्यसैगरी ५१ देखि ६० वर्ष समूहका ९८ हजार ८४७ संक्रमित छन् । ६१ देखि ७० वर्ष उमेर समूहका ५५ हजार ६५० संक्रमित छन् । ११ देखि २० वर्ष उमेर समूहका ५४ हजार ८२९ संक्रमित छन् । ७१ देखि ८० वर्ष उमेर समूहका २८ हजार ६४७ संक्रमित छन् । ८० वर्ष उमेर समूह माथिका १२ हजार १९६ संक्रमित छन् ।


Author

थप समाचार
x