बिहीबार देशभर थपिए १०७८ संक्रमित, १२ को मृत्यु
फाइल तस्बिर
काठमाडौँ- देशभर १०७८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ हजार ७६५ जनाको कोभिड परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ८९८ र एन्टीजेन्ट विधिबाट १८० कोभिड परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भइसकेका छन् ।
१२ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १३५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १८ हजार १६८ जना छन् ।
आईसीयूमा ३५३ र भेन्टीलेटरमा ११७ जना उपचाररत छन् । होम आईसोलेशनमा १६ हजार ८०२, संस्थागत आईसोलेशनमा १३६६ र क्वारेन्टाइनमा २३८ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया