शुक्रबार देशभर थपिए १०६६ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- देशभर १०६६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ३६८ जनाको कोभिड परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ८९८ र एन्टीजेन्ट विधिबाट १६८ कोभिड परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भइसकेका छन् ।
१३ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १८ हजार १५५ जना छन् ।
आईसीयूमा ३५४ र भेन्टीलेटरमा ११६ जना उपचाररत छन् । होम आईसोलेशनमा १६ हजार ८८१, संस्थागत आईसोलेशनमा १२३४ र क्वारेन्टाइनमा २४२ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया