बुधबार देशभर थपिए १०४३ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- देशभर १०४३ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ४६२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ८४९ र एन्टीजेन्ट विधिबाट १९४ कोभिड परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ८९१ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७१ हजार २२९ जना संक्रमणमुक्त भइसकेका छन् ।
१२ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १९२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १६ हजार १९४ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया