स्वास्थ्य

थपिए ७८५ संक्रमित, १२ जनाको मृत्यु

इकागज |
असोज २५, २०७८ सोमबार १६:३५ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा सोमबार थप ७ सय ८५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको  ७ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९५ हजार ९ सय ७७ पुगेको छ । 

त्यस्तै कोभिड कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ४३ संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ सय ८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । हाल १४ हजार ७ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x