स्वास्थ्य

कोभिड अपडेट

थपिए ७९२ संक्रमित, १४ जनाको मृत्यु

इकागज |
असोज २६, २०७८ मंगलबार १७:२३ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पिसिआर परिक्षणका क्रममा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १०१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।  

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ५७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।


त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x