स्वास्थ्य

बुधबार थपिए ३६५ संक्रमित, ६०९ जना संक्रमणमुक्त

इकागज |
असोज २७, २०७८ बुधबार १६:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा बुधबार ३ सय ६५ जना कोभिडका नयाँ संक्रमित फेला परेका छन् । देशभर गरिएको ३ हजार ७ सय ७१ पिसिआर परिक्षणका क्रममा ३ सय २६ जना र १ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९७ हजार १ सय ३४ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ६१ संक्रमित निको भएका छन् । त्यस्तै थप ६०९ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म ७ लाख ७८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १४ हजार २ सय ६७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 



 


Author

थप समाचार
x