स्वास्थ्य

काेभिड अपडेट

थप २७२ जनामा संक्रमण पुष्टि

इकागज |
असोज २९, २०७८ शुक्रबार १७:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा शुक्रबार थप २७२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोभिडकै कारण ८ जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रलयले जनाएको छ । शुक्रबार काठमाडौं उपत्यकामा ११८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् । शुक्रबार ७७७ जना संक्रमणमुक्त हुदा हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ । 



Author

थप समाचार
x