स्वास्थ्य

थपिए १४७ संक्रमित, ८८५ जना संक्रमणमुक्त

इकागज |
असोज ३०, २०७८ शनिबार १८:३२ बजे

काठमाडौँ - नेपालमा शनिबार थप १ सय ४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १ हजार ४ सय ४६ एन्टीजेन परिक्षणका क्रममा १ सय ३६ जना र ३ सय २७ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९८ हजार ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार २ सय ७८ जनाको मृत्यु भएको छ ।


त्यस्तै थप ८ सय ८५ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८० हजार ७७६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १२ हजार ५ सय ९८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x