उपत्यकामा थपिए २१४ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा २१४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित १२८०, संक्रमणमुक्त २ लाख ४४ हजार ८२८, मृत्यु २१७९ र कुल संक्रमित २ लाख ४८ हजार २८७ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५७७ , संक्रमणमुक्त २८ हजार ५९४, मृत्यु ४३२ र कुल २९ हजार ६०३ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ६२८, संक्रमणमुक्त ४७ हजार ८०७, मृत्यु ६८० र कुल संक्रमित ४९ हजार ११५ जनामा संक्रमण देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया