स्वास्थ्य

प्रदेश १ मा ९० जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार २०:२४ बजे

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ३१ महिलासहित ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । 

झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, बिर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन, तीन, हल्दिबारी र कनकाईमा दुई, दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माइजोगमाइमा एक, एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो । 


प्रदेशमा शुक्रबार २९ महिलासहित ५३ जना कोभिड संक्रमणमुक्त भएका छन् भने दुई  महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x