स्वास्थ्य

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा दीपेन्द्ररमण सिंह

इकागज |
कात्तिक ७, २०७८ आइतबार १२:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहले  जिम्मेवारी पाएका छन्। डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी इकागजलाई दिए ।

विभागका निमित्त महानिर्देशक डा.आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा. बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ ।  यसअघि पनि विभागका निर्देशक  सिंह नै थिए । उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्‍त्री हुँदा  सिंह प्रमुख विशेषज्ञका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए । 


बिच्छालाई महानिर्देशक बनाउनलाई प्रधानमन्त्री पत्‍नी आरजू देउवाले उनको समय थप्‍न पहल गरेकी  थिइन् । ऐनमा समय सकिएको कर्मचारीको म्याद थप्‍न नमिल्ने उल्लेख छ ।


Author

थप समाचार
x