स्वास्थ्य

उपत्यकामा थपिए २०९ संक्रमित

सक्रिय संक्रमित २५ सय भन्दा कम

इकागज |
कात्तिक ७, २०७८ आइतवार १७:१० बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा २०९ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा १५९, ललितपुरमा ४१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ३९३ जना छन् । काठमाडौँमा १२८३, ललितपुरमा ५५४ र भक्तपुरमा ५५६ जना छन् ।


काठमाडौँमा सक्रिय संक्रमित १२८३, संक्रमणमुक्त २ लाख ४५ हजार ३०२, मृत्यु २१८२ र कुल संक्रमित २ लाख ४८ हजार ७६७ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५५६ , संक्रमणमुक्त २८ हजार ६६६, मृत्यु ४३२ र कुल २९ हजार ६५४ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५५४, संक्रमणमुक्त ४७ हजार ९९२, मृत्यु ६८२ र कुल संक्रमित ४९ हजार २२८ जनामा संक्रमण देखिएको छ ।


Author

थप समाचार
x